Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

नेदरल्यान्ड्सले अमेरिकालाई हरायो

नेदरल्यान्ड्सले अमेरिकालाई हरायो

शुक्रवार , श्रावण ३२, २०८१

काठमाडौं । आईसीसी विश्वकप लिग टु सिरिज अन्तर्गतको खेलमा नेदरल्यान्ड्सले अमेरिकामाथि जित हात पारेको छ ।

सिरिज अन्तर्गत नेदरल्यान्ड्समा अमेरिका, क्यानडा र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा घरेलु टोलीले अमेरिकामाथि जित हात पारेको हो ।

नेदरल्यान्ड्सको स्पोर्टपार्क वेस्टवलेट, द हेगमा भएको खेलमा घरेलु टोलीले अमेरिकामाथि १९ रनको जित हात पारेको हो।

नेदरल्यान्ड्सले दिएको २ सय ३८ रनको मध्यम लक्ष्य पछ्याएको अमेरिकाले ४९ दशमलव ५ ओभरमा अल आउट हुँदै २ सय १८ रन मात्र बनायो ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ३७ रन जोडेको थियो।

८ टोली सहभागी लिग टु को अंक तालिकामा नेदरल्यान्ड्स ८ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ ।

पराजित अमेरिका २ अंकका साथ छैटौं स्थानमा छ । स्कटल्यान्ड ९ अंकका साथ शीर्ष स्थानमा रहेको छ।​ अंकतालिकामा २ अंकका साथ नेपाल सातौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077