Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

महिला भलिबल खेलाडीलाई जनही तीन लाख दिने सरकारको निर्णय

महिला भलिबल खेलाडीलाई जनही तीन लाख दिने सरकारको निर्णय

शुक्रवार , श्रावण ३२, २०८१

काठमाडौं । सरकारले काभा महिला नेसन्स लिग भलिबल प्रतियोगितामा उपविजेता बन्न सफल राष्ट्रिय महिला टोलीका खेलाडीलाई जनही तीन लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ ।

साउन ३१ गते बिहीबार बसेको मन्त्री परिषद्को वैठकले टोलीका १४ जना खेलाडीलाई जनही तीन लाख पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

सरकारले मुख्य प्रशिक्षकलाई दुई लाख तथा सहायक प्रशिक्षक, ब्यवस्थापक र फिजियोलाई जनही एक लाख २० हजार रुपैयाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले बताए ।

साउन १७ गते देखि २३ गतेसम्म भएको प्रतियोगिताको लिग चरणमा नेपालले श्रीलङ्काका, माल्दिभ्स र भारतलाई पराजित गरेको थियो ।

यस्तै सेमिफाइनलमा इरानलाई हराएको नेपाल फाइनलमा भारतसँग ३–२ ले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077