Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

पूर्वउपराष्ट्रपतिका छोरा दीपेशसँग संसदीय समितिले लियो बयान

पूर्वउपराष्ट्रपतिका छोरा दीपेशसँग संसदीय समितिले लियो बयान

शुक्रवार , श्रावण ३२, २०८१

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले आज दीपेश पुनसँग बयान लिएको छ ।

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरासमेत रहेका दीपेशसँग संसदीय छानविन विशेष समितिले बयान लिएको हो।

दीपेश बुटवलस्थित सुप्रिम वचत तथा ऋण सहकारी संस्थाका पूर्व सचिव हुन् ।

समितिका सभापति सूर्यबहादुर थापाले समितिको कार्यविधिअनुसार विभिन्न सहकारीको बचत दुरुपयोगमा संलग्नका रूपमा आरोपित व्यक्तिहरूमध्ये सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पूर्व सचिव दीपेशलाई समितिको बैठकमा सोधपुछ गरिएको बताए ।

उनीमाथि रुपन्देहीको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका सर्वसाधारणको बचत हिनामिनामा संलग्न भएको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले गत बैशाख २ गते सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा २८ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहित प्रतिवेदन बुझाएको थियो।

रुपन्देही प्रहरीले १ अर्ब २ करोड हिनामिना भएको पाइएपछि सोही अनुसारको बिगो मागदाबी गर्नुपर्ने रायसहित फाइल बुझाइएको थियो।

प्रतिवेदनमा जीबी राईसहित २८ जनालाई प्रतिवादी बनाउनुपर्ने प्रहरीले उल्लेख गरेको छ । सहकारी ठगी गरेको भन्दै १ हजार ८३१ जनाले प्रहरीमा जाहेरी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077