Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

टेस्ट ड्राइभ गर्ने भन्दै मोटरसाइकल लिएर फरार भएका तीन जना पक्राउ

टेस्ट ड्राइभ गर्ने भन्दै मोटरसाइकल लिएर फरार भएका तीन जना पक्राउ

शुक्रवार , श्रावण ३२, २०८१

काठमाडौं। टेस्ट ड्राइभ गर्नेभ भन्दै मोटरसाइकल लिएर फरार भएका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौंको हाँडीगाउँका २० वर्षीय राकेश थापा, भक्तपुरका १९ वर्षीय सुरोजन शाही र भक्तपुरका २९ वर्षीय विकाश धामी रहेका छन्।

थापाले हाम्रो बजारमा मोटरसाइकल विक्री सूचना राखेका व्यक्तीसँग सम्पर्क राखेर उनको केटीएम डुक मोटरसाइकल टेस्ट ड्राइभ गर्छु भन्दै लिएर फरार भएका थिए।

थापाले यसअघि पनि यसरी मोटरसाइकल टेस्ट ड्राइभ गर्ने भन्दै लिएर फरार भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077