Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

गृहमन्त्री लेखकले गरे राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निर्माण स्थलको निरीक्षण

गृहमन्त्री लेखकले गरे राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निर्माण स्थलको निरीक्षण

शुक्रवार , श्रावण ३२, २०८१

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले काभ्रेको पनौतीमा निर्माणाधीन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निर्माण स्थलको निरीक्षण गरेका छन् ।

शुक्रबार दिउँसो गृहमन्त्री लेखकले मित्र राष्ट्र भारतको अनुदानमा बन्न लागेको प्रशिक्षण प्रतिष्ठानको निर्माण स्थलको निरीक्षण गरेका हुन् ।

प्रशिक्षण प्रतिष्ठानको निर्माण स्थलको निरीक्षण गर्दै उनले परियोजना समयमै सम्पन्न गर्न निर्देशन दिए ।

यस्तै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले यो परियोजना भारतका लागि महत्त्वपूर्ण रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077