Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

नेपालले यू-१९ क्रिकेट विश्वकप छनौटको आयोजना गर्ने

नेपालले यू-१९ क्रिकेट विश्वकप छनौटको आयोजना गर्ने

शनिवार , भाद्र १, २०८१

काठमाडौं । नेपालले यू-१९ क्रिकेट विश्वकप एसिया छनोट आयोजना गर्ने भएको छ।

अर्को वर्षको अप्रिलमा हुने छनोट प्रतियोगिताको आयोजना नेपालले गर्ने टुंगो लागेको हो।

नेपाल क्रिकेट संघ (क्यान) काअनुसार आगामी २०२५ अप्रिल १२ देखि २१ सम्म काठमाडौँमा सो प्रतियोगिता आयोजना हुनेछ।

प्रतियोगिताको विजेताले २०२६ मा हुने आइसीसी यू–१९ विश्वकपमा भाग लिन पाउनेछ।

यू-१९ एशिया क्वालिफायरमा आयोजक नेपालसहित अफगानिस्तान, ओमान, हङकङ र युएईले भाग लिने छन् ।

१६ देशले भाग लिने यो प्रतियोगिता जिम्बाबे र नामिबियामाले आयोजना गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077