Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

साफ यु-२० च्याम्पियनसिप आजबाट, उद्घाटन खेलमा नेपाल र श्रीलंका भिड्दै

साफ यु-२० च्याम्पियनसिप आजबाट, उद्घाटन खेलमा नेपाल र श्रीलंका भिड्दै

आइतवार , भाद्र २, २०८१

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप आजदेखि सुरु हुँदैछ ।

६ टोली सहभागी प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली नेपालले श्रीलंकासँग खेल्न लागेको हो ।

समूह ए मा रहेका नेपाल र श्रीलंकाबीचको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ ।

लगातार दोस्रोपटक प्रतियोगिता आयोजना गरिरहेको नेपाल यसपटक उपाधि जित्ने लक्ष्यमा छ ।

नेपाली टोली कुशल देउवाको कप्तानीमा मैदान उत्रँदैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077