Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सहकारी ठगी प्रकरण : रास्वपा सहमहामन्त्री आचार्यसँग संसदीय समितिले लियो बयान

सहकारी ठगी प्रकरण : रास्वपा सहमहामन्त्री आचार्यसँग संसदीय समितिले लियो बयान

आइतवार , भाद्र २, २०८१

काठमाडौं । सहकारी छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सहमहामन्त्री विपीन कुमार आचार्यसँग बयान लिएको छ।

आइतबार समितिको बैठकमा उपस्थित भएर सहमहामन्त्री आचार्यले बयान दिएका हुन्।

सहमहामन्त्री आचार्यले गोर्खा मिडियाका लागि कास्कीको पोखरास्थित सुप्रिम सहकारीबाट एक करोड ५६ लाख १५ हजार रुपैयाँ लिएको आरोप छ।

आचार्य गोर्खा मिडियामा क्रिएटिभ डाइरेक्टरका रूपमा समेत काम गरेका थिए।

जीबी राई नेतृत्वमा खुलेको सहकारीबाट बचतकर्ताको रकम अपचलनमा रास्वपा सभापति लामिछानेसँगै सहमहामन्त्री आचार्य पनि जोडिएका छन् ।

०७८ पुस ६ मा सूर्यदर्शन सहकारीबाट १ करोड र पुस १२ मा सुप्रिम सहकारीबाट १ करोड ५६ लाख १५ हजार गरी कुल २ करोड ५६ लाख १५ हजार रुपैयाँ आचार्यको तर्फबाट गोर्खा मिडियामा गएको कागजातहरूबाट खुलेको छ ।

समितिले कार्यविधिअनुसार विभिन्न सहकारीको वचत दुरुपयोगमा संलग्नका रूपमा आरोपित व्यक्तिहरूसँग बयान लिँदै आएको छ ।

समितिले अब बयान लिने क्रम अन्तिम चरणमा पुगेको भन्दै त्यसपछि प्रतिवेदन लेखनमा केन्द्रित हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077