Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

भुटानी शरणार्थी प्रकरण : बेचन झालाई थुनामा पठाउन अदालतको आदेश

भुटानी शरणार्थी प्रकरण : बेचन झालाई थुनामा पठाउन अदालतको आदेश

आइतवार , भाद्र २, २०८१

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बेचन झालाई थुनामा पठाउन आदेश दिएको छ ।

न्यायाधीश तीर्थराज केसीको इजलासले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका झालाई धरौटीमा रिहा गर्न अस्वीकार गर्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।

यसअघि शुक्रबार झा तर्फका कानुन व्यवसायीले आफ्नो बहस पूरा गरेका थिए ।

जसअनुसार वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद सापकोटा, महादेव यादव, अधिवक्ता पुरुषोत्तम अर्याल र मणिराम उपाध्यायले झाको तर्फबाट बहस गरेका थिए ।

जाहेरवालाको तर्फबाट थप कानुन व्यवसायीले बहस गर्न खोजेपछि न्यायाधीश केसीले इजलासमा मुद्दा हेर्दाहेर्दैमा राखेर आइतबारका लागि पेसी तोकिएको थियो ।

शरणार्थी प्रकरणमा पक्राउ परेसँगै बेचनलाई ठगी, लिखत किर्ते, राज्यविरुद्ध र सङ्गठित अपराध सम्बन्धी कसुरमा प्रतिवादी कायम गरिएको छ ।

झामाथि नेताहरूसँग ‘सेटिङ’ मिलाएको आरोप थियो । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित झा असार १४ गते पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077