Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

श्रीलंकाविरूद्ध पहिलो हाफमा नेपालको अग्रता

श्रीलंकाविरूद्ध पहिलो हाफमा नेपालको अग्रता

आइतवार , भाद्र २, २०८१

काठमाडौं । साफ यू-२० च्याम्पियनसिपमा घरेलु टोली नेपालले श्रीलंकाविरुद्ध पहिलो हाफमा १-० को अग्रता लिएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भइरहेको खेलको पहिलो हाफमा नेपालले एक गोल गरेको हो।

निराजन धामीले २४ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् ।

पहिलो हाफमा नेपाल खेलमा हाबी भयो। तर नेपाली फरवार्ड फिनिसिङमा भने चुके।

साफ यू-२० च्याम्पियनसिपका म्याच कमिसनरले दशरथ रंगशालाको मैदानलाई अयोग्य घोषित हुने बताएसँगै प्रतियोगिता एन्फा कम्प्लेक्स सरेको हो।

प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, बंगलादेश र श्रीलंका छन्। समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077