Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

शरणार्थी प्रकरण : बेचन झा कारागार चलान

शरणार्थी प्रकरण : बेचन झा कारागार चलान

आइतवार , भाद्र २, २०८१

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई कारागार चलान गरिएको छ ।

जिल्ला अदालत काठमाडौंको आदेशपछि झालाई केन्द्रीय कारागार सुन्धानरा पठाइएको हो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश तिर्थराज केसीको इजलासले झालाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएका थिए।

झालाई केन्द्रीय कारागार सुनधारा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । सरकारी वकिलको कार्यालयले झाविरुद्ध साउन २९ गते अदालतमा मुद्दा दायर गरेको थियो ।

झालाई चार वटा कसुरमा मुद्दा दायर गरिएको थियो। ठगी, लिखत कीर्ते, राज्यविरुद्धको अपराध र संगठित अपराधको कसुरमा मुद्दा दायर भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077