Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

बाँकेमा गुन्डागर्दी बढ्दा प्रहरीमाथि आक्रोश बढ्दै, एसपीलाई निलम्बनको माग

बाँकेमा गुन्डागर्दी बढ्दा प्रहरीमाथि आक्रोश बढ्दै, एसपीलाई निलम्बनको माग

आइतवार , भाद्र २, २०८१

काठमाडौं । प्रहरीको कमजोरीले बाँकेमा गुन्डागर्दी बढ्न थालेको छ । प्रहरीले नै एक समूहलाई सहयोग गर्दा यस्तो अवस्था आएको आरोप लागेको छ ।

शनिबार बाँकेको राप्ती सोनारी गाउँपालिकामा दुई समूहबीच भएको भिडन्तमा कांग्रेसका एक कार्यकर्ता गम्भीर घाइते भएका छन् ।

राप्ती सोनारी गाउँपालिकाका तरुण दलका सदस्य सन्दीप बिष्ट ‘स्यान्डी’ गम्भीर घाइते भएका छन् । बिनौना चोकमा उनीमाथि खुँडा प्रहार भएको छ ।

स्रोतका अनुसार बालुवा तस्करी लगायत विषयमा विवाद हुँदा बिष्टमाथि आक्रमण भएको हो । आक्रमणमा एमाले निकटहरु संलग्न रहेको आरोप लागेको छ ।

आक्रमणमा ज्ञानेन्द्रबहादुर वली, नारायण डाँगी लगायत संलग्न रहेको आरोप लागेको छ । साथै स्थानीय वडाअध्यक्ष सुमन मल्ल पनि छानविनमा तानिएका छन् । मल्ल क्यासिनोदेखि तस्करीसम्म मुछिएका एमालेका स्थानीय नेता हुन् ।

घटनामा संलग्नलाई कारबाही नगरेको भन्दै तरुण दलले आक्रोश व्यक्त गरेको छ । बाँकेका एसपी तुलबहादुर कार्कीले आक्रमण गर्नेलाई पहिलेदेखि नै संरक्षण गर्दै आएको भन्दै उनलाई निलम्बनको माग गरिएको छ ।

एसपी कार्की र डिएसपी नारायण डाँगीविरुद्ध कांग्रेस कार्यकर्ताले सडकमा विरोध प्रदर्शन गर्नुका साथै गृह मन्त्रालयमा समेत उजुरी गरेका छन् ।

एसपी कार्की अनेक विवादमा परिसकेका छन् । यसअघि गुप्तचरका हवल्दार अर्जुन खड्का कुटिएको र अवैध ७० लाख अवैध बनाएको घटनामा पनि एसपी कार्कीको शंकास्पद भूमिका देखिएको थियो ।

क्यासिनो सञ्चालकहरुले ओसारपसार गरेको अवैध ७० लाख रुपैयाँ गुप्तचरका हवल्दारले बरामद गरेकोमा प्रहरीकै अगाडि उनलाई कुटपिट गरी अपराधिक समूहले पैसा लगेको थियो । सो पैसा अझै भेटिएको छैन ।

बाँकेका अवैध क्यासिनो सञ्चालकलाई प्रहरीले संरक्षण दिदै आएको छ । साथै, अवैध उत्खननमा पनि प्रहरीको मिलेमतो रहेको स्थानीयको आरोप छ ।

एसपी कार्कीको कार्यशैली विवादास्पद हुँदै गएपछि गृह मन्त्रालयले उनलाई हटाउने तयारी गरेको छ । कार्की एमाले निकट एसपीका रुपमा चिनिन्छन् ।

जिल्लामा पनि उनको हिमचिम एमालेसँग बढी रहेको र निष्पक्ष काम गर्न नसकेको स्थानीयहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077