Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

कैलालीमा चोरी र लागुऔषध मुद्धाका चारजना फरार प्रतिवादी समातिए

कैलालीमा चोरी र लागुऔषध मुद्धाका चारजना फरार प्रतिवादी समातिए

मंगलवार , भाद्र ४, २०८१

कैलाली । प्रहरीले कैलालीमा मंगलबार चारजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीअन्तर्गतको अपराध अनुसन्धान शाखाबाट प्रहरी नायब निरीक्षक गजेन्द्र बहादुर चन्दको नेतृत्वमा खटिएको टोलीले उनीहरुलाई आफ्नै घरबाट नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका ४ का २६ वर्षीय विजयकुमार नेपाली र धनगढी उपमहानगरपालिका–३ का २८ वर्षीय प्रज्वल न्यौपाने रहेका छन् ।

उनीहरुलाई लागुऔषध मुद्दामा २९ दिन कैद सजाय सुनाइएको थियो । यसैगरी धनगढी उपमहानगरपालिका–४ का २३ वर्षीय सुविन भन्ने सुरविर डगौरा र २१ वर्षीय राज चौधरी भन्ने राजसिंह रहेको जिल्ला प्रहरी कार्यालय कैैलालीले जनाएको छ ।

उनीहरु दुवै जनालाई चोरी मुद्धामा २५ दिन कैद सजाय सुनाइएको थियो । उनीहरु चारै जनालाई जिल्ला अदालत कैलालीमा पेस गरिएको कैलाली प्रहरीका सहप्रवक्ता लोकेन्द्र सिंंह कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077