Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

बहिनीको कोठामा बोलाएर किशोरीमाथि बाल यौन दुरुपयोग गर्ने विष्णु पक्राउ

बहिनीको कोठामा बोलाएर किशोरीमाथि बाल यौन दुरुपयोग गर्ने विष्णु पक्राउ

मंगलवार , भाद्र ४, २०८१

कैलाली । कैलालीमा एकजना शिक्षक बाल यौन दुरुपयोग गरेको आरोपमा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा धनगढी नमुना प्राविधिक माध्यमिक विद्यालयका शिक्षक २२ वर्षीय बिष्णु तिमिल्सेना रहेका छन् । उनलाई बाल यौन दुरुयोग गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तिमिल्सेनाले ३० साउनमा धनगढी उपमहानगरपालिका–१ को पुष्पलाल चौकस्थित आफ्नो बहिनीको कोठामा आफु पढाउने विद्यालयकी १७ वर्षीया छात्रालाई बोलाएर बाल यौन दुरुपयोग गरेको आरोप छ ।

तिमिल्सेना बाजुराको त्रिवेणी नगरपालिका–७ घर का स्थायी बासिन्दा हुन् । उनीमाथि जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077