Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

बाल सुधारगृहबाट दुईजना फरार, खोजीकार्य तीव्र !

बाल सुधारगृहबाट दुईजना फरार, खोजीकार्य तीव्र !

मंगलवार , भाद्र ४, २०८१

विराटनगर । विराटनगरको बाल सुधार गृहबाट दुई बालक फरार भएका छन् । कर्तव्य ज्यान तथा डाँका र जबरजस्ती करणी (बलात्कार) मुद्दामा उनीहरू पुर्पक्षमा थिए ।

सुधारगृहभित्र रहेको विद्यालयमा अतिरिक्त क्रियाकलाप चलिरहेका बेला पर्खाल नाघेर दुवै जना भागेका हुन् ।

सुनसरीको कोसी गाउँपालिका–२ घर भएका एक बालक कर्तव्य ज्यान तथा डाँका र बराहक्षेत्र नगरपालिका–११ का अर्का बालक जबरजस्ती करणी मुद्दामा पुर्पक्षमा थिए ।

उनीहरूको खोजी तीव्र पारिएको बाल सुधार गृहका प्रमुख मिलन चौहानले जानकारी दिए । ५० जनाको क्षमताको बाल सुधार गृहमा २३८ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077