Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सुत्न नदिएको निहुँमा चन्दनले ज्ञानचन्द्रको विभत्स हत्या गरेको खुलासा

सुत्न नदिएको निहुँमा चन्दनले ज्ञानचन्द्रको विभत्स हत्या गरेको खुलासा

मंगलवार , भाद्र ४, २०८१

सुनसरी । सुनसरीको गढी गाउँपालिका– ६ घर भएका ४६ वर्षीय ज्ञानचन्द्र ऋषिदेव हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

सुनसरी प्रहरीका अनुसार पक्राउ पर्नेमा सोही गाउँपालिका २ सखुबारेका ३० वर्षीय चन्दन ऋषिदेव रहेका छन् । प्रहरी अनुसन्धानबाट चन्दनले ज्ञानचन्द्रको हत्या गरेको खुलेको हो ।

रिङ बनाउने व्यवसायी ज्ञानचन्द्रको गत आइतवार विभत्स तरिकाले हत्या भएको थियो ।

हत्या आरोपी चन्दन बुवा–आमाको मृत्यु भएपछि गाउँघरमा मागेर हिँड्ने गरेका थिए । चन्दन व्यवसायी ज्ञानचन्द्रले रिङ बनाउने ठाउँमा सुत्न आउने गरेका थिए । उनलाई ज्ञानचन्द्रले लखेट्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

आइतवार राति पनि सुत्न नदिएकै रिसमा चन्दनले फरुवाले पटक–पटक प्रहार गरेर ज्ञानचन्द्रको हत्या गरेको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको सुनसरी प्रहरीले जनाएको छ ।

दुई टुक्रा भएको अवस्थामा ज्ञानचन्द्रको शव सोमवार बिहान भेटिएको थियो । प्रहरी घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077