Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

कटुवा पेस्तोलसहित आङ्देम्बे पक्राउ

कटुवा पेस्तोलसहित आङ्देम्बे पक्राउ

बुधवार , भाद्र ५, २०८१

झापा । झापामा कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ४ दहिझोडा बस्ने ६२ वर्षीय इन्द्र बहादुर आङ्देम्बे रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनलाई मंगलबार बेलुका आठ बजे पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले आङदेम्बेको घर परिसरमा तलासी लिंदा कुखुराको खोरको छानो भित्र लुकाएर राखेको अवस्थामा एक थान कटुवा पेस्तोल बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनलाई इलाका इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077