Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ

श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ

बुधवार , भाद्र ५, २०८१

झापा । श्रीमतीको हत्या अभियोगमा एक जना पक्राउ परेका छन्।

झापाको शिवसताक्षी नगरपालिका–८ मा ५३ वर्षीया रञ्जना गौतम अधिकारीको हत्या गरेको आरोपमा उनकै श्रीमान ओमप्रकाश अधिकारी पक्राउ पर‍ेका हुन्।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सामान्य विवादमा ओमप्रकाशले धारिलो हतियार प्रहार गरी आफ्नी श्रीमती रञ्जनाको हत्या गरेका थिए।

श्रीमतीको घटनास्थलमै मृत्यु भएको थियो। अभियुक्तलाई घटनालगत्तै नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077