Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

विपद्को समयमा एकसातादेखि तीन जिल्लामा सिडिओ रिक्त, ठूलो संख्यामा सरुवाको तयारी

विपद्को समयमा एकसातादेखि तीन जिल्लामा सिडिओ रिक्त, ठूलो संख्यामा सरुवाको तयारी

बुधवार , भाद्र ५, २०८१

काठमाडौं । विपद्को समयमा अत्यावश्यक अवस्थामा बाहेक बिदामा समेत नबस्न गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी(सिडिओ)हरुलाई निर्देशन दिएको छ ।

तर, गृहले नै तीन जिल्लामा एक सातादेखि सिडिओ पद रिक्त राखेको छ । हाल सिन्धुपाल्चोक, अर्घाखाँची र सिन्धुलीमा सिडिओ रिक्त छ।

गत ३१ साउनमा बसेको मन्त्रिपरिषद्को बैठकले सिन्धुलीका सिडिओ भरत खनाललाई परराष्ट्र मन्त्रालयमा सरुवा गरेको थियो ।

महावाणिज्यदूत बनाउनका लागि उनलाई परराष्ट्रमा लगिएको हो ।

त्यस्तै, सिन्धुपाल्चोकका सिडिओ भूपेन्द्र थापा, बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ ।

अर्घाखाँचीका सिडिओ सूर्य खत्रीलाई श्रम मन्त्रालयमा सरुवा भएकोमा उनले वैदेशिक रोजगार विभागमा महानिर्देशकको जिम्मेवारी सम्हालिसकेका छन् ।

एक साता हुँदा पनि गृहले नयाँ सिडिओ खटाउन सकेको छैन । गृहले ठूलो संख्यामा सिडिओको सरुवा तयारी गरेको छ । जसमा तिव्र चलखेल हुँदा सरुवाको निर्णय हुन नसकेको हो ।

काठमाडौं, ललितपुर, पर्सा लगायत जिल्लाका सिडिओको समेत सरुवाको तयारी भइरहेको छ । गृहमै रहेका सहसचिज वासुदेव घिमिरेले पनि महिनौंदेखि जिम्मेवारी पाएका छैनन्।

साथै अन्यत्रबाट गृहमा गएका सहसचिवको पनि जिम्मेवारी तोकिएको छैन ।

राष्ट्रपति कार्यालयका कृष्ण प्रसाद लम्साल, रक्षाका लीला प्रसाद शर्मा, निर्वाचन आयोगका रमेश ढकाल, गण्डकी प्रदेशक ऋषिराम तिवारी, अर्थ मन्त्रालयका डा.टोकराज पाण्डेलाई गृह मन्त्रालयमा सरुवा भएको थियो।

उनीहरुमध्ये केही सिडिओमा जाने सम्भावना छ। अध्यागमन विभागका महानिर्देशक कोशहरी निरौलालाई पनि हटाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077