Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सेवाहदबारे सर्वोच्चको आदेशले प्रहरीमा तरंग, आईजीपीको कार्यकाल कति बढ्छ ?

सेवाहदबारे सर्वोच्चको आदेशले प्रहरीमा तरंग, आईजीपीको कार्यकाल कति बढ्छ ?

बिहिवार , भाद्र ६, २०८१

काठमाडौं । ३० वर्षे सेवाहदका कारण प्रहरी अधिकारीलाई अवकाश नदिन सर्वोच्च अदालतले बिहीबार दिएको अन्तरिम आदेशले प्रहरी संगठनमा तरंग ल्याएको छ । यो आदेशले केही प्रहरीको जागिर लम्बिने मात्र होइन प्रहरीको भावी नेतृत्वमै ठुलो उतारचढाव ल्याउन सक्छ ।

१५ भदौदेखि अवकाश पाउन लागेका करिब एक सय प्रहरी अधिकारीको तत्कालका लागि जागिर लम्बिएको छ । तर, कति लम्बिने भन्ने प्रष्ट भइसकेको छैन । यस मुद्दामा आगामी १० असोजमा सर्वोच्चले पूर्ण सुनुवाइ गर्नेछ ।

न्यायाधीश हरि फुयालको इजलासले दिएको यो आदेशबाट केही प्रहरी खुशी भएका छन् भने केही रनभुल्लमा परेका छन् । खासगरी प्रहरीको नेतृत्वमा तहमा रहेका भने धेरै खुशी भएका छन् ।

यो आदेशका आधारमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको समेत कार्यकाल लम्बिने भएको छ । ३० वर्षे सेवाहदकै कारण आगामी १० चैतमा अवकाश पाउन लागेका कुँवरको कम्तीमा ६ महिना कार्यकाल लम्बिने सम्भावना छ ।

किनकि गृहले २०८१ मा अवकाश हुनेहरूको हकमा कार्यकाल ६ महिना थप्ने गृहकार्य गरिरहेको छ । उनीपछि एआईजीहरू दिपक थापा, सुदीप गिरी तथा टेकप्रसाद तामाङमध्ये एक आईजीपी हुनेछन् ।

३० वर्षे सेवाहद रहेको अवस्थामा उनीहरूले ६ महिना मात्र नेतृत्व पाउनेमा अब लम्बिने भएको छ । त्यसपछिका दानबहादुर कार्की, मनोज केसी, राजन अधिकारीको ब्याचको हकमा के हुन्छ भन्न सक्ने अवस्था छैन ।

सेवाहद रहेकै अवस्थामा उनीहरूमध्ये एक २०८२ को भदौमा आईजीपी हुने अवस्था थियो । तर, अब त्यो टाइमलाइन भने सर्ने निश्चित भएको छ ।

किनकि सर्वोच्चको आदेश कसरी कार्यान्वयन हुन्छ भन्ने प्रष्ट छैन । उमेर र पदावधिका आधारमा मात्र अवकाश हुने प्रावधान राखेमा आईजीपीको रोलक्रममा रहेका कतिपय अधिकारीहरू एसएसपी र डीआईजीमै अवकाश हुने अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077