Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

इंग्लिस प्रिमियर लिग : ८ गोल भएको खेलमा चेल्सीको सानदार जित

इंग्लिस प्रिमियर लिग : ८ गोल भएको खेलमा चेल्सीको सानदार जित

सोमवार , भाद्र १०, २०८१

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा चेल्सीले दोस्रो खेलमा जित निकालेको छ। पहिलो खेलमा म्यानचेस्टर सिटीसँग पराजित भएको चेल्सीले दोस्रो खेलमा वूल्भ्सविरूद्ध ६-२ गोलको सानदार जित निकालेको हो ।

गएराति वूल्भ्सको घरेलु मैदानमा भएको खेलमा कुल ८ गोल भएका थिए । खेलको दोस्रो मिनेटमै गोल गरेर निकोलस ज्याक्सनले चेल्सीलाई सुरूवाती अग्रता दिलाए ।

२७ औं मिनेटमा वूल्भ्सका म्याथ्यु कन्हाले बराबरी गोल फर्काए। ४५ औं मिनेटमा कोल पाल्मरले गोल गरे।

पहिलो हाफको अन्तिम समयमा वूल्भ्सको जोर्गेन स्ट्रान्ड लार्सेनले गोल गर्दा खेल पुनः बराबरीमा पुगेको थियो।

दोस्रो हाफमा चेल्सीले ४ गोल हान्यो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077