Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

शाकिबलाई सबैखाले क्रिकेटमा प्रतिबन्ध लगाउन कानुनी नोटिस

शाकिबलाई सबैखाले क्रिकेटमा प्रतिबन्ध लगाउन कानुनी नोटिस

सोमवार , भाद्र १०, २०८१

एजेन्सी । बंगलादेशी क्रिकेटका पूर्वकप्तान शाकिब अल हसनलाई सबैखाले क्रिकेटबाट तत्कालबाट प्रतिबन्ध लगाउन कानुनी नोटिस पठाइएको छ।

रफिकुल इस्लामका वकिलले बंगलादेशी क्रिकेट बोर्डसामु उक्त माग राखेका हुन्।

इस्लाम गार्मेन्ट कारखानाका मजदुर रुबेलका बुबा हुन् र उनले आफ्नो छोराको हत्यामा अल हसनको हात रहेको आरोप लगाएका छन्।

पूर्वप्रधानमन्त्री सेख हसिनाविरुद्ध चलेको आन्दोलनका क्रममा रुबेलको हत्या भएको थियो। त्यस आरोपमा १ सय ४७ जनाविरुद्ध मुद्धा दायर गरिएको छ र त्यसमा एक जना हसन पनि रहेका छन्।

उनी अहिले पाकिस्तान भ्रमणमा रहेको बंगलादेशी टिममा रहेका छन्।

उनले रावलपिन्डीमा भएको टेस्टमा बंगलादेशलाई दश विकेटले विजयी दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए।

अल हसन हसिनाको अवामी लिगसँग पनि आबद्ध थिए र सांसद पनि रहेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077