Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

साफ यू–२० च्याम्पियनसिप : भारतलाई हराउँदै बंगलादेश फाइनलमा

साफ यू–२० च्याम्पियनसिप : भारतलाई हराउँदै बंगलादेश फाइनलमा

सोमवार , भाद्र १०, २०८१

काठमाडौं । साफ यू–२० च्याम्पियनसिपअन्तर्गत आज भएको दोस्रो सेमिफाइनलमा भारतलाई हराउँदै बंगलदेश फाइनलमा प्रवेश गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा बंगलादेशले टाइब्रेकरमा ४ /३ ले पराजित गरेको हो।

निर्धारित समयको खेल १/१ गोलको बराबरीमा सकिएको थियो।

त्यसपछि भएको पेनाल्टी सुटआउटमा भारतीय खेलाडीको पहिलो र चौथो प्रहार बंगलादेशका गोलकिपर सब्रोनले विफल पार्दै आफ्नो टोलीलाई फाइनल पुर्‍याएका थिए।

बंगलादेशका लागि पेनाल्टी प्रहार गरेका सबै खेलाडी सफल भए। यसअघि पहिलो सेमिफाइनलमा नेपालले पनि भुटानलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो।

फाइनल बुधबार दशरथ रंगशालामा हुनेछ। अब उपाधिका लागि आयोजक नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुने भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077