Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

स्वास्थ्य क्षेत्र सुधार गर्न ‘नेपाल हेल्थ समिट’ गर्ने सरकारको निर्णय

स्वास्थ्य क्षेत्र सुधार गर्न ‘नेपाल हेल्थ समिट’ गर्ने सरकारको निर्णय

मंगलवार , भाद्र ११, २०८१

काठमाडौँ । नेपालको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाउन सरकारले स्वास्थ्य क्षेत्रमा विश्वभर क्रियाशील नेपाली विज्ञहरूका सहभागितामा ‘नेपाल हेल्थ समिट’ आयोजना गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज यससम्बन्धी निर्णय गरेका हुन् ।

गत साउन २७ गते उनले सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा ‘नेपाल बाहिर विभिन्न देशमा विज्ञता र अनुभव हासिल गरिरहेका स्वास्थ्य जनशक्तिको सीप र दक्षतालाई नेपालको स्वास्थ्य सेवा प्रणालीसँग आबद्ध गर्न आवश्यक प्रबन्ध गरिने’ उल्लेख थियो ।

मन्त्रालयले यसका लागि आवश्यक तयारी गर्न डा. प्रकाश थपलियाको संयोजकत्वमा आठ सदस्यीय कार्यदल गठनसमेत गरेको छ ।

कार्यदलमा स्वास्थ्य विज्ञ डा. शम्भु आचार्यसँगै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका सङ्क्रामक रोग विशेषज्ञ डा. जनक कोइराला तथा धुलिखेल अस्पतालका डा. विराज कर्माचार्यलाई सदस्य छन् ।

यसैगरी, विज्ञहरू डा रुना झा, डा अर्चना अमात्य, वरिष्ठ जनस्वास्थ्य प्रशासक उपेन्द्र ढुङ्गाना र प्रमुख जनस्वास्थ्य प्रशासक डा भीमप्रसाद सापकोटा र नेपाल मेडिकल काउन्सिलका प्रतिनिधिलाई आमन्त्रित सदस्य तोकिएको छ । कार्यदलको सुझावका आधारमा मन्त्रालयले सम्मेलनको मिति तथा आवश्यक कार्यढाँचा तय गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077