Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

एकीकृत समाजवादीको पदाधिकारी निर्वाचनमा मत गणना जारी

एकीकृत समाजवादीको पदाधिकारी निर्वाचनमा मत गणना जारी

बुधवार , भाद्र १२, २०८१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को पदाधिकारी निर्वाचनको मत गणना जारी छ ।

मंगलबार १७ पदाधिकारी र पोलिटब्युरो सदस्यका लागि चुनाव भएको थियो । अहिले बिहान मतगणना भइरहेको बताइएको छ ।

एकीकृत समाजवादीमा समूहगत प्रतिस्पर्धा भएको छ। १७ सदस्यीय पदाधिकारीका लागि ६७ जनाले प्रतिस्पर्धा गरिरहेका छन्।

असार १६ देखि २० गतेसम्म भएको दसौं महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भूसाललाई सर्वसम्मत गरेको थियो।

वरिष्ठ उपाध्यक्षसहित १८ सदस्यीय पदाधिकारी चयन भएको थिएनन् । वरिष्ठ उपाध्यक्ष पदमा भने राजेन्द्र पाण्डे निर्विरोध चयन भइसकेका छन् । एकीकृत समाजवादीमा ३४४ सदस्यीय केन्द्रीय कमिटी छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077