Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

एकीकृत समाजवादीको महिला उपाध्यक्षमा जयन्ती विजयी, रामकुमारी पराजित

एकीकृत समाजवादीको महिला उपाध्यक्षमा जयन्ती विजयी, रामकुमारी पराजित

बुधवार , भाद्र १२, २०८१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को महिला उपाध्यक्षमा जयन्ती राई विजयी भएकी छिन् । रामकुमारी झाँक्रीलाई पराजित गर्दै राई उपाध्यक्षमा विजयी भएकी हुन् ।

राईले १९९ मत पाउँदा झाँक्रीले ११२ मत मात्रै पाएकी छन् । काठमाडौंको थापागाउँस्थित अर्पण बैंक्वेटमा जारी मतगणनामा अधिकांश पदमा अध्यक्ष माधवकुमार नेपालनिटक निर्वाचित भएका छन् ।

नेपालइतरबाट उपाध्यक्षमा भानुभक्त जोशी र प्रकाश ज्वाला निर्वाचित भएका छन् ।

मतगणनाको परिणाम रुजु गरेर सार्वजनिक गर्ने तयारी रहेको निर्वाचन समितिले जानकारी दिएको छ । यस्तै सचिवमा शेर बहादुर कुँवर विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077