Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

प्रचण्डलाई योगेशले सोधे - कुन कानूनको प्रयोग गरेर विद्युतको १६ अर्ब बक्यौता छुट दिनुभयो ?

प्रचण्डलाई योगेशले सोधे - कुन कानूनको प्रयोग गरेर विद्युतको १६ अर्ब बक्यौता छुट दिनुभयो ?

बुधवार , भाद्र १२, २०८१

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराई पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'माथि खनिएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै कुन कानून र अधिकार प्रयोग गरेर विद्युतको १६ अर्ब बक्यौता छुट दिएको भन्दै भट्टराई प्रचण्डमाथि खनिएका हुन् ।

प्रचण्डले डेडिकेटेड फिडर र ट्रक लाइन महसुस विवादमा संसदमा बोलेको कुरालाई जवाफ दिँदै उल्टै स्पष्टीकरण दिनुपर्ने उनको भनाई छ ।

सचिव भट्टराईले प्रमुख प्रतिपक्ष दलको नेताको रूपमा प्रचण्डले दिएको अभिव्यक्तिमाथि टिप्पणी गर्दै महसुल असुलीमा पूर्व प्रधानमन्त्रीको पनि संलग्नताको आशङ्का भएको दाबी गरे।

सचिव भट्टराईले नयाँ निर्णय गरौ नभनी रिजाल उप समितिले गरेको निर्णय कार्यान्वयन गरौं भनेकोमा किन माओवादी सांसदहरूले आपत्ति जनाएको भनी प्रश्न उठाए ।

सचिव भट्टराईले भने,‘२१ अर्ब ८८ करोडमा एक पैसा पनि छुट नदिई उठाउनुपर्छ । नेकपा एमालेको धारण यही हो । प्रचण्ड प्रधानमन्त्री भएपछि पूर्व न्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा आयोग गठन गरेको र वैशाख २७ गते ऊर्जा मन्त्रालयमा एउटै मितिमा २ वटा निर्णय कसरी पठाउनुभयो ।’

तत्कालीन पत्रले ६ अर्वमा झारेर १६ अर्ब मिनाहा गरेको दाबी गर्दै उनले केपी ओलीलाई स्पष्टीकरण सोध्ने भनेको र कुन कानुन र कुन अधिकार प्रयोग गरेर १६ अर्ब छुट दिनुभयो यो प्रतिनिधिसभाले स्पष्टीकरण सोध्ने उनले दाबी गरे।

उनले विद्युत्को सबै बक्यौता कानून अनुसार उठाउनुपर्ने एमालेको मत रहेको सुनाए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077