Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

संसद् बैठकमा प्रयोग भएको ‘हिंसा’ शब्दमाथि छानबिन गर्न सभामुखको निर्देशन

संसद् बैठकमा प्रयोग भएको ‘हिंसा’ शब्दमाथि छानबिन गर्न सभामुखको निर्देशन

बुधवार , भाद्र १२, २०८१

काठमाडौं । सभामुख देवराज घिमिरेले एमाले सांसद योगेश भट्टराईले प्रतिनिधिसभा बैठकमा प्रयोग गरेको ‘हिंसा’ शब्दमाथि छानबिन गर्न निर्देशन दिएका छन्।

सांसद भट्टराईले प्रतिनिधिसभा बैठकमा सांसद भट्टराईले माओवादीको सशस्त्र युद्धलाई ‘हिंसा’ भन्दै सम्बोधन गरेपछि सभामुख घिमिरेले उक्त निर्देशन दिएका हुन्।

संसद बैठकमा सांसद भट्टराईले माओवादीको सशस्त्र युद्धलाई पटक पटक ‘हिंसा’ भन्दै सम्बोधन गरेपछि माओवादी केन्द्रका सांसदहरूले आपत्ति जनाएका थिए।

सोही विषय चर्किएपछि निकैबेर संसद्मा एमाले र माओवादीका सांसदहरूबीच भनाभनको अवस्था सिर्जना भएको थियो। उक्त विषयमा सभामुख घिमिरेले छानबिन गर्न संसद् सचिवालयलाई निर्देश दिए।

सांसद भट्टराईले राखेको उक्त भनाइप्रति नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले आपत्ति जनाएका थिए। एमाले सांसद भट्टराईले पटक पटक हिंसा नै हो भनेपछि विवाद बढेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077