Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक भोली, झाक्री सहितका नेतालाई व्यवस्थापन गरिने

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक भोली, झाक्री सहितका नेतालाई व्यवस्थापन गरिने

बुधवार , भाद्र १२, २०८१

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको बैठक बिहीवार आह्वान गरिएको छ । नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बिहान ११ बजेका लागि बैठक बोलाइएको हो ।

बैठकमा पार्टीको केन्द्रीय संरचना निर्माण र विविध विषयमा छलफल हुनेछ । यस्तै बैठकमा नेताहरूको योगदान, कार्यक्षमताका आधारमा स्थायी समिति, सचिवालय गठनलगायत विषयमा छलफल गरी केही नेताहरुको जिम्मेवारी हेरफेर गरिने बताइएको छ ।

पार्टीमा तीन सय ४४ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था गरिएको छ। केन्द्रीय कमिटी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ।

केन्द्रीय पदाधिकारीमा निर्वाचित हुन नसकेका नेतालाई व्यवस्थापन गर्ने, केही नेताहरुलाई विभाग तथा आयोगमा समेट्ने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077