Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

नियमावली संशोधन खारेजीको माग गर्दै बार एसोसिएसनले गर्‍यो न्याय परिषद् घेराउ

नियमावली संशोधन खारेजीको माग गर्दै बार एसोसिएसनले गर्‍यो न्याय परिषद् घेराउ

आइतवार , भाद्र १६, २०८१

काठमाडौं । नेपाल बार एसोसिएसनले न्याय परिषद घेराउ गरेको छ।

न्याय परिषद् नियमावलीको पहिलो संशोधन खारेजीको माग गर्दै नेपाल बारले आइतबार मध्याह्न विरोध प्रदर्शन गरेको हो।

पहिलो संशोधन खारेजीको मागलाई बेवास्ता गर्दै परिषद्को बैठक बोलाइएको भन्दै बारले आन्दोलन गरेको छ ।

सर्वोच्च अदालतमा चार जनासहित देशभर ५० बढी न्यायाधीश पद रिक्त छ।

वर्तमान सत्ता गठबन्धनले न्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाए पनि नेपाल बारले अहिले कार्यान्वयनमा रहेको नियमावली अनुसार सिफारिस नगर्न भन्दै आएको छ।

नियमावलीमा गरिएको पहिलो संशोधनले संविधानको उल्लंघन गरेकाले खारेजीको माग बारले गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077