Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

नेप्सेमा उच्च अंकको गिरावट, १० अर्बमा खुम्चियो कारोबार

नेप्सेमा उच्च अंकको गिरावट, १० अर्बमा खुम्चियो कारोबार

आइतवार , भाद्र १६, २०८१

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्सेमा उच्च अंकको गिरावट आएको छ।

आइतबार ५३.६३ अंकले घटेर बजार २६९५.९३ विन्दुमा आइपुगेको हो। कारोबार सुरु भएको १२ मिनेटमै नेप्से परिसूचक २७८१ अंकसम्म पुगे पनि वृद्धि टिक्न सकेन् ।

यसदिन कारोबार रकममा पनि कमी आएको छ। बिहीबार १२ अर्ब २४ करोड रूपैयाँको सेयर कारोबार भएकोमा आइतबार १० अर्ब ५१ करोड रूपैयाँको कारोबार भएको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब ७३ करोड रूपैयाँ कमी आएको हो।

आइतबार ३१ कम्पनीको सेयर मूल्य बढेको छ भने २०९ वटाको घटेको छ।

यस्तै, चार कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077