Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

तोलामा ३०० रूपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

तोलामा ३०० रूपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सोमवार , भाद्र १७, २०८१

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार पनि छापावाल सुन प्रतितोला ३०० सय रुपैयाँले घटेर १ लाख ५२ हजार रुपैयाँ कायम भएको हो।

यसअघि शुक्रबार र आइतबार सुनको मूल्य क्रमशः प्रतितोला ३०० र ६०० रुपैयाँले घटेको थियो।

यसअघि, आइतबार छापावाल सुन १ लाख ५२ हजार ३०० रुपैयाँ कायम भएको थियो।

आज सोमबार चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेर तोलाको १७ सय ७५ रुपैयाँ कायम भएको छ।

आइतबार चाँदीको भाउ प्रतितोला १७ सय ९५ रुपैयाँ कायम रहेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077