Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

कांग्रेस र कम्युनिस्टका कारण देशमा बेरोजगारी बढ्यो : उपेन्द्र यादव

कांग्रेस र कम्युनिस्टका कारण देशमा बेरोजगारी बढ्यो : उपेन्द्र यादव

सोमवार , भाद्र १७, २०८१

वीरगन्ज । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले देशमा बेरोजगारी बढ्नुमा कांग्रेस र कम्युनिस्ट पार्टीहरू जिम्मेवार रहेको बताएका छन् ।

वीरगन्जमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष यादवले यस्तो आरोप लगाएका हुन्। उनले देशमा बेरोजगारी बढ्नुमा कांग्रेस र कम्युनिस्ट पार्टीहरूको हात रहेको आरोप लगाए।

गरिबी र बेरोजगारीको दर बढ्नुको जिम्मेवारी कांग्रेस र कम्युनिस्टले लिनुपर्ने अध्यक्ष यादवको भनाई छ ।

उनले पढेलेखेका युवालाई देशमा कुनै रोजगारीको लागि स्थान नहुने अवस्था सरकारको नेतृत्वमा बस्ने दलहरूकै कारण भएको बताए ।

उनले युवाहरू मलेसिया, कतार, अरब जस्ता मुलुकमा रोजगारीको लागि गइरहेको तर देशमा अझै रोजगारी वृद्धिमा चासो नदिइएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077