Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

मन्त्रालयप्रति असन्तुष्टि जनाउँदै वनमन्त्री मनाङेले दिए राजीनामा

मन्त्रालयप्रति असन्तुष्टि जनाउँदै वनमन्त्री मनाङेले दिए राजीनामा

सोमवार , भाद्र १७, २०८१

पोखरा । गण्डकी प्रदेशको वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका दीपक मनाङेले असन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिएका छन्।

मन्त्रालय हेरफेरमा असन्तुष्टि जनाउँदै वन तथा वातावरणमन्त्री मनाङेले राजीनामा दिएका हुन्।

सरकार पुनर्गठन हुनुअघि भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रहेका मनाङे पुनर्गठन पश्चात वन तथा वातावरण मन्त्रालय पाएका थिए।

वन तथा वातावरण मन्त्रालय पाएपछि असन्तुष्ट बनेर मनाङेले राजीनामा दिएका हुन्। जुनियरलाई दिने मन्त्रालय भन्दै उनले मुख्यमन्त्रीसँग असन्तुष्टि जनाएका थिए।

आज एमालेका मन्त्रीहरूको शपथ समारोहबाट उनी बाहिर निस्किएका थिए । मनाङेले वन तथा वातावरण मन्त्रालय मनाङबाट निर्वाचित प्रदेश सांसद मुनिन्द्रजंग गुरूङलाई दिन पनि माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077