Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

नेपाल भ्रमणका लागि भारतीय प्रधानमन्त्री मोदी सकारात्मक छन् : परराष्ट्रमन्त्री राणा

नेपाल भ्रमणका लागि भारतीय प्रधानमन्त्री मोदी सकारात्मक छन् : परराष्ट्रमन्त्री राणा

मंगलवार , भाद्र १८, २०८१

काठमाडौं। परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणका लागि सकारात्मक रहेको बताएका छन्।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा सोमबार बोल्दै परराष्ट्रमन्त्री राणाले सो कुरा बताएका हुन्।

परराष्ट्रमन्त्री राणाले आफूले भदौ २ गतेदेखि ६ गतेसम्म भारत भ्रमण गरेको र सो अवसरमा भारतीय प्रधानमन्त्री मोदीसँग पनि शिष्टाचार भेटवार्ता भएको बताइन्।

त्यस्तै, उनले आफ्नो भारत भ्रमणका साथसाथै राजदूत नियुक्तिका सन्दर्भमा उठेका प्रश्नको जवाफ दिएकी छन्। सांसदहरुले राजदूत नियुक्ति विवादरहित हुन नसकेको भन्दै प्रश्न उठाएका थिए ।

सांसद एकनाथ ढकालले राजदूत नियुक्ति विवादरहित हुन नसकेको बताए।

सो क्रममा राणाले मुलुकको सर्वोपरी हितलाई ध्यानमा राखी विदेशस्थित कूटनीतिक नियोगहरू तथा नियोग प्रमुखहरूलाई परिचालन गर्ने विषयमो सरकार प्रतिवद्ध रहेको बताइन्।

राजदूतहरूको नियुक्तिमा राजनीति र व्यवसायिकताको सन्तुलनका लागि कम्तिमा पनि ५० प्रतिशत राजदूत परराष्ट्र सेवाबाट नियुक्त गर्ने नीतिलाई यसपटक निरन्तरता दिइएको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077