Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

राजदूत नियुक्ति समावेशी बनाउन सरकारलाई संसदीय समितिको निर्देशन

राजदूत नियुक्ति समावेशी बनाउन सरकारलाई संसदीय समितिको निर्देशन

मंगलवार , भाद्र १८, २०८१

काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले राजदूत नियुक्तिमा समानुपातिक समावेशी सिद्धान्त पालना गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ ।

समितिको बैठकले राजदूत निर्देशिका र संविधानको व्यवस्था ख्याल गर्न सरकारलाई ध्यानाकर्षण गराएको हो ।

बैठकले संविधानको प्रस्तावना, धारा ४२ र धारा २८२ को व्यवस्था र राजदूत नियुक्तिसम्बन्धी निर्देशिका २०७५ सम्झाउँदै सरकारलाई राजदूत नियुक्तिमा समानुपातिक समावेशी सिद्धान्तमा अबलम्वन गर्न आग्रह गरेको छ ।

अहिले १७ जना राजदूतहरूको सिफारिसमा समावेशी नभएको भन्दै समितिका सदस्यहरूले आपत्ति जनाएका थिए । त्यसपछि समितिले समावेशी बनाउन निर्देशन दिएको हो ।

समितिले आज परराष्ट्रमन्त्री आरजु राणा देउवाको भारत भ्रमणको विषयमा मन्त्री देउवा र परराष्ट्र सचिव सेवा लम्सालसँग छलफल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077