Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

यो वर्षको दशैंमा सर्वसाधारणले नपाउने भए नयाँ नोट

यो वर्षको दशैंमा सर्वसाधारणले नपाउने भए नयाँ नोट

मंगलवार , भाद्र १८, २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्षको दसैँ , तिहार र छठका लागि नयाँ नोट सटही सुविधा नदिने भएको छ ।

राष्ट्र बैंकले पुरानो सुकिला नोट सटही गरिदिने तर नयाँ नोट नदिने निर्णय गरेको हो ।

विगतका वर्षहरुमा राष्ट्र बैंकले वाणिज्य बैंक, काठमाडौं उपत्यकामा केन्द्रीय कार्यालय र उपत्यकाबाहिर प्रादेशिक कार्यालयमार्फत सर्वसाधारणका लागि नयाँ नोट सटहीको सुविधा राखेको थियो ।

तर राष्ट्र बैंकले यस वर्षको दसैंमा नयाँ नोट सटही सुविधा नदिने तयारी गरेको हो । राष्ट्र बैंकले यो पटकको दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिनेछ ।

ठूलो लागत लगाएर छापेको नयाँ नोट दशैंमा धेरै फोहोर हुने र त्यसको आयुसमेत घट्ने भएपछि राष्ट्र बैंकले सुकिला नोट दिने तयारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077