Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

सरकार यही तरिकाले अगाडी बढे देशमाथि संकट पर्छ : चन्द्र भण्डारी

सरकार यही तरिकाले अगाडी बढे देशमाथि संकट पर्छ : चन्द्र भण्डारी

मंगलवार , भाद्र १८, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले सरकार यही तरिकाले अगाडी बढे नेतृत्व र मुलुकमाथि नै संकट आउने बताएका छन् ।

प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद भण्डारीले यस्तो बताएका हुन् । सांसद भण्डारीले सरकारको यही कार्यशैली रहे व्यवस्था र देशमाथि नै संकट उत्पन्न हुने चेतावनी दिए।

सांसद भण्डारीले भने,‘यही तरिकाले सरकार जान्छ भने संकट व्यवस्थामाथि पनि पर्छ, संकट नेतृत्वमाथि र मुलुकमाथि पनि पर्छ । सरकारले काम गरेर देखाउनु पर्छ । म व्यवस्थाका लागि लडेर साढे ५ वर्ष जेल परेको हुँ । नेतृत्वको इच्छाशक्ति नहुँदा काम गरौँ भन्दा पनि हामीले जवाफ दिनुपर्ने यो भारी बोक्न सक्दैनौ ।’

सांसद भण्डारीले दुई पार्टीको सहकार्यमा सरकार बनेपनि जनताका आधारभूत विषय सम्बोधन हुन नसकेको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077