Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एमबीबीएस प्रवेश परीक्षाको नतिजाबारे छानबिन गर्न सांसदहरुको माग

एमबीबीएस प्रवेश परीक्षाको नतिजाबारे छानबिन गर्न सांसदहरुको माग

मंगलवार , भाद्र १८, २०८१

काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूले एमबीबीएस प्रवेश परीक्षाको नतिजामााथि छानबिनको माग गरेका छन् ।

संंघीय संसद्का दुवै सदनमा सांसदहरूले विद्यार्थीको भविष्यमाथि खेलबाड नगर्न आग्रह गरेका हुन्।

उनीहरुले चिकित्सा शिक्षा आयोगले एमबीबीएसको प्रवेश परीक्षाको परीक्षाफल प्रकाशनमा गरेको त्रुटि छानबिन गर्न माग गरे।

माओवादी केन्द्रका सांसद देवेन्द्र पौडलले नतिजा प्रकाशनमा भएको त्रुटि गम्भीर लापर्बाही भएको बताए ।

त्यस्तै रास्वपाकी सुमना श्रेष्ठ र राप्रपाकी रोसन कार्कीले पनि आयोगले गम्भीर लापरबाही गरेको उल्लेख गर्दै संलग्नहरूमाथि छानबिन गरी आगामी दिनमा त्यस्ता त्रुटि नहुने वातावरण बनाउन आग्रह गरिन्।

राष्ट्रियसभामा पनि सांसदलहरूले बोल्दै नतिजामा व्यापक मात्रामा अनियमितता भएको विवरण सार्वजनिक भएकाले सत्यतथ्य छानबिन गर्न माग गरेका छन् ।

सांसदहरुले विद्यार्थीको भविष्यमाथि खेलबाड गर्नेलाई कारबाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077