Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

उपनिर्वाचनमा कसैसँग तालमेल नगर्ने प्रधानमन्त्री ओलीको घोषणा

उपनिर्वाचनमा कसैसँग तालमेल नगर्ने प्रधानमन्त्री ओलीको घोषणा

मंगलवार , भाद्र १८, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहको उपचुनावमा नेकपा एमालेले कसैसँग पनि तालमेल नगर्ने बताएका छन्।

पार्टीको केन्द्रीय कार्यालय च्यासलमा पोलिटब्यूरो बैठक उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

अब एमालेले एक्लै चुनाव लड्ने तयारी गर्नुपर्ने उनले बताए।

स्थानीय तहको उपचुनावमा पनि एमालेले मैदानमा उत्रिने र त्यसैअनुसार अहिलेबाटै तयारी गर्न नेता कार्यकर्ताहरुलाई उनले निर्देशन दिए।

प्रधानमन्त्री ओलीले उपचुनावबाटै दलहरु एक्लाएक्लै प्रतिस्पर्धा गर्ने अवस्था बनाइने बताए ।

एमालेले एक्लै लडेर जित्न सरकारले गरिरहेको राम्रो कामको प्रचार र संगठन सुदृढीकरणमा जुट्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077