Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

माओवादी अध्यक्ष प्रचण्डलाई नोबेल पुरस्कार दिनुपर्छ : मोदी

माओवादी अध्यक्ष प्रचण्डलाई नोबेल पुरस्कार दिनुपर्छ : मोदी

मंगलवार , भाद्र १८, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नोबेल पुरस्कार दिन माग गरेका छन् ।

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै माओवादी सांसद मोदीले यस्तो बताएका हुन् ।

सांसद मोदीले आफ्नो पार्टीका अध्यक्ष प्रचण्ड नोबेल शान्ति पुरस्कार पाउन योग्य रहेको बताए ।

सांसद मोदीले भने,‘प्रचण्ड जनयुद्ध लडेका पार्टीका कमान्डर हुनुहुन्छ । उहाँ जनताको लोकतन्त्रको पक्षमा, नागरिकको पक्षमा, समावेशी, समानुपातिक र गणतन्त्रको पक्षमा लड्नुभयो। तसर्थ त्यतिखेर एउटा आन्दोलनको नेतृत्व गरेका कारणले उहाँलाई रामजस्तै सबैको जनक भनिनु पर्छ । शान्तिका लागि अथक प्रयास गर्नुभएका कारण उहाँलाई नोबेल पुरस्कारको प्रस्ताव गर्नुपर्छ । र, सो पुरस्कार पनि दिनुपर्छ भन्ने माग राख्न चाहन्छु ।’

प्रचण्डले शान्तिका लागि अथक प्रयास गरेका कारणले उनलाई नोबेल पुरस्कारको प्रस्ताव गर्नुपर्ने सांसद मोदीको भनाइ थियो ।

प्रचण्ड समावेशी, समानुपातिक, गणतन्त्रका ‘जनक’ भएको पनि उनले दाबी गरे । सोक्रममा उनले प्रचण्डलाई भगवान् रामको संज्ञा पनि दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077