Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

ओलीमाथि बालेनको फेरी प्रहार : भने - पोस्ट उडाउने हैन, दोषी समाउ

ओलीमाथि बालेनको फेरी प्रहार : भने - पोस्ट उडाउने हैन, दोषी समाउ

मंगलवार , भाद्र १८, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) फेरी प्रधानमन्त्री केपी शर्मा ओलीमाथि खनिएका छन् ।

बालेनले एमाले सांसद रेखा शर्माबारे लेखेको स्टाटस फेसबुकले हटाएपछि मेयर बालेन ओलीमाथि खनिएका हुन् ।

मेयर बालेनले सामाजिक संञ्जालमार्फत आक्रोश पोख्दै लेखेका छन् ,'पोस्ट उडाउने हैन, दोषी समाउ सरकार । म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ ।'

मेयर बालेनले लेखेको पोस्टमा धेरै मानिसहरूले रिपोर्ट गरेपछि फेसबुकले स्टाटस हटाएको थियो।

मेयर बालेनले फेसबुक पेजबाट नेकपा एमाले लुम्बिनी प्रदेश सांसद रेखा शर्माले ८ वर्षदेखि घरेलु कामदार राखेर हिंसा गरेको भन्दै फोटो सहितको स्ट्याटस राखेका थिए।

एमाले सांसद शर्माले बालशोषण गरेको र उनलाई पक्राउ गर्नुपर्ने भन्दै आइतबार स्ट्याटस राखेका थिए।

उनले काठमाडौं महानगरले समात्नभन्दा पनि सरकारले केही नगरेको र मुद्दा चलाउन भने पनि बेवास्ता गरेको आरोप लगाएका थिए ।

प्रधानमन्त्री केपी ओलीलाई नै सम्बोधन गरेर हिंसा गर्ने सांसदलाई समाउने कि नसमाउने भनेर बालेनले प्रश्न गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077