Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

प्रधानमन्त्री ओलीले भने - प्रचण्ड देशमा भाँडभैलो मच्चाउने खेलमा छन्

प्रधानमन्त्री ओलीले भने - प्रचण्ड देशमा भाँडभैलो मच्चाउने खेलमा छन्

मंगलवार , भाद्र १८, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पछिल्लो समय देशमा भाँडभैलो मच्चाउने खेलमा लागेको आरोप लगाएका छन् ।

एमालेको केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको पोलिटब्यूरो बैठक उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले प्रचण्डको भूमिका सही नभएको टिप्पणी गरे ।

प्रधानमन्त्री ओलीले भने, ‘सत्ताबाट हटेपछि प्रचण्डको काम असन्तुष्ट मान्छे उचाल्ने, परिस्थित भड्काउने देखिएको छ।’

प्रधानमन्त्री ओलीले ११ भदौमा प्रतिनिधिसभा बैठकमा प्रचण्डले गरेको सम्बोधन अराजकता निम्त्याउने खालको रहेको बताए ।

प्रधानमन्त्री ओलीले गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा भएको नाराबाजीबारे जानकारी गराउँदै समाजमा बढेको अराजकताको ब्रिफिङ गरेका थिए ।

उनले प्रचण्ड देशमा भाँडभैलो मच्चाउने खेलमा लागेको भन्दै सफल हुन नदिने बताए ।

उनले सरकारको अहिलेसम्मको कामको बारेमा ब्रिफिङ गर्दै कांग्रेससँग भएको सात बुँदे सहमतिअनुसार नै निर्धारित समयमै सरकारको नेतृत्व शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077