Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

एमसीसी नेपालको अधीनमा छैन, अनुगमन गर्न छुट्टै कानुन बनाउनुपर्छ : विप्लव

एमसीसी नेपालको अधीनमा छैन, अनुगमन गर्न छुट्टै कानुन बनाउनुपर्छ : विप्लव

मंगलवार , भाद्र १८, २०८१

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले एमसीसीलाई सम्पूर्ण रूपमा अनुगमन गर्न कानुन नै बनाउनु पर्ने बताएका छन् ।

पार्टीको अन्तर्राष्ट्रिय विभागले मंगलबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै समाजवादी मोर्चा नेपालका संयोजक समेत रहेका विप्लवले यस्तो बताएका हुन् । उनले संसदबाट कानुन बनाउन पर्ने पार्टीको दृष्टिकोण भएको स्पष्ट पारे ।

‘बुद्धिजीवीहरूसँग छलफल गरेर हामीले एमसीसीलाई सम्पूर्ण रूपमा अनुगमन, नियन्त्रण र परिचालनका लागि कानुन बनाउनुपर्ने पार्टीको दृष्टिकोण अघि सारेका छौँ’, विप्लवले भने, 'यसलाई खुला छाड्न मिल्दैन । दुई दुई पटक ठेक्का रद्द भएर अदालतमा मुद्दा पर्दा एमसीएले एमसीसी नेपालको कानुन अन्तर्गत छैन भनेर जवाफ दिएको छ । अदालतले पनि दोधारे खालका अर्थ लगाएको छ । यसले एमसीसी नेपालको कानुन, संविधान, संसद् र जनताको अधीनमा छैन भन्ने देखायो ।’

नेता विप्लवले एमसीसी र एमसीए दुवै प्रोजेक्ट नवऔपनिवेशिक नीतिलाई नेपालमा कानुनी मान्यतासहित यहाँका राज्यलाई प्रयोग गरेर ल्याउन चाहेको हो भन्ने कुरा प्रस्ट भएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077