Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

एमालेका नेताहरु किन पुगे देउवा निवास बूढानीलकण्ठ ?

एमालेका नेताहरु किन पुगे देउवा निवास बूढानीलकण्ठ ?

मंगलवार , भाद्र १८, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न नेकपा एमालेका नेताहरू बूढानीलकण्ठ पुगेका छन् । एमाले नेताहरू देउवा निवास बूढानीलकण्ठ पुगेका हुन् ।

मंगलबार एमाले वाग्मती प्रदेश इन्चार्ज राजन भट्टराई नेतृत्वको टोलीले उपत्यकाका नदी किनारका संरचना हटाउने विषयमा सर्वोच्च अदालतको फैसला र काठमाडौं महानगरको परिपत्रलाई लिएर देउवासँग छलफल गरेको बताइएको छ ।

भेटमा एमाले नेताहरूले सर्वोच्चको फैसला पुनरवलोकन हुनुपर्ने बताएका थिए ।

जवाफमा देउवाले अदालतको फैसलाका कारण उत्पन्न समस्याका विषयमा सरकार पुनरवलोकनमा जानपर्ने विषयमा सहमति जनाएको बताइएको छ ।

भेटमा भट्टराईसहित काठमाडौं जिल्ला इन्चार्ज आनन्द पोखरेल, काठमाडौं जिल्लाका अध्यक्ष दीपक निरौलालगायत पदाधिकारी सहभागी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077