Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

आज पाँचवटा संसदीय समितिको बैठक बस्दै

आज पाँचवटा संसदीय समितिको बैठक बस्दै

बुधवार , भाद्र १९, २०८१

काठमाडौं । आज पाँचवटा संसदीय समितिको बैठक बस्दैछ । प्रतिनिधि सभा अन्तर्गतका दुई, राष्ट्रिय सभातर्फको दुई र संसदीय सुनुवाइ समितिको बैठक आज बस्न लागेको हो ।

बिहान ११ बजे बस्ने प्रतिनिधि सभातर्फको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे छलफल हुनेछ ।

त्यस्तै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे नै बस्ने कार्यसूची छ। बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० माथि संसोधनकर्तासँग छलफल गर्ने कार्यसूची रहेको छ ।

राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक दिउँसो २ बजे बस्नेछ। बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि विज्ञसँग छलफल गर्ने कार्यसूची छ।

दिउँसो २ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा समितिको पाँचौं वार्षिक प्रतिवेदनमाथि छलफल हुनेछ।
बिहान ११ बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा विभिन्न देशका लागि प्रस्तावित नेपाली राजदूतहरूको सुनुवाइ हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077