Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

जनताको अधिकार खोस्न खोजे सडक संघर्षमा जान्छौं : प्रचण्ड

जनताको अधिकार खोस्न खोजे सडक संघर्षमा जान्छौं : प्रचण्ड

बुधवार , भाद्र १९, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले जनविरोधी काम गर्न सुरु गरेको बताएका छन्।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त परामर्श बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

अध्यक्ष प्रचण्डले सरकारले संविधान संशोधनमार्फत जनताको अधिकारलाई उल्टाउने प्रयास गरिरहेको भन्दै सशक्त प्रतिकार गर्न तयार रहनुपर्ने बताए।

अध्यक्ष प्रचण्डले भने, ‘यो सरकारले जनविरोधी काम गर्न सुरु गरिसकेको छ। हामीले बेलैमा खबरदारी गर्नुपर्छ। संविधान संशोधनमार्फत जनताको अधिकारलाई खोस्ने प्रयास हुँदैछ।’

उनले संविधान संशोधनका नाममा जनताका अधिकार खोस्ने प्रयास गरिए डटेर प्रतिवाद गर्ने बताए । अध्यक्ष प्रचण्डले कांग्रेस–एमालेले संविधान संशोधनमार्फत नागरिकको अधिकार खोस्न खोजे सडक संघर्ष गर्न बाध्य हुने चेतावनी दिए ।

प्रतिपक्षमा रहेका दलहरूलाई पनि साथ लिएर सरकारविरुद्ध खरो रूपमा उत्रिनुपर्ने अध्यक्ष प्रचण्डले बताए। उनले पार्टीभित्र अब कुनै विवाद नरहेको भन्दै एकताबद्ध भएर संगठन निर्माणका लागि जनतामा जानुपर्नेमा जोड दिए।

उनले वर्तमान सरकारले यसअघि माओवादी नेतृत्वको सरकारले गरेका राम्रा कामलाई उल्टाउने काम गरेको भन्दै सदनमा सशक्त रुपमा आवाज उठाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077