Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

नेप्सेमा उच्च अंकको गिरावट, १२ अर्ब ९२ करोडमा खुम्चियो कारोबार

नेप्सेमा उच्च अंकको गिरावट, १२ अर्ब ९२ करोडमा खुम्चियो कारोबार

बुधवार , भाद्र १९, २०८१

काठमाडौं । साताको चौंथो कारोबार दिन आज सेयर बजारको परिसूचक नेप्सेमा उच्च अंकको गिरावट आएको छ।

अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक ९०.७३ अंक घटेको हो । सो अंकको गिरावटपछि नेप्से २७३९ अंकमा कायम भएको छ ।

यसदिन ३२० स्क्रिप्सको २ करोड ६५ लाख ८४ हजार १९२ कित्ता सेयर १२ अर्ब ९२ करोड ५६ लाख ८८ हजार २१५ रुपैयाँमा खरिदबिक्री भयो।

उच्च अंकले गिरावट आएको सेयर बजारमा पाँचवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। ३१ कम्पनीको मूल्य बढ्दा २१३ को घट्यो भने एकको स्थिर रह्यो ।

कारोबार रकमका आधारमा नेपाल फाइनान्स, एक्सल डेभलपमेन्ट बैंक, हिमालयन रिइन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स तथा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स क्रमशः अगाडि रहे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077