Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

बृहत् वामपन्थी एकीकरणको विकल्प छैन : उपाध्यक्ष सापकोटा

बृहत् वामपन्थी एकीकरणको विकल्प छैन : उपाध्यक्ष सापकोटा

बिहिवार , भाद्र २०, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले वृहत वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टी पुनर्गठन आवश्यक रहेको बताएका छन् ।

नेपालमा समाजवादः चुनौती र सम्भवाना विषयक गोष्ठीमा बोल्दै उपाध्यक्ष सापकोटाले यस्तो बताएका हुन् ।

उपाध्यक्ष सापकोटाले अहिलेको परिस्थितिमा पुनः एक पटक वृहत वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टीको पुनर्गठन जरुरी रहेको बताए ।

उनले विगतमा एकता गरेर पनि रक्षा गर्न नसकिएको भन्दै राष्ट्रियता, जनतन्त्र, जनजीविकाका सवाललाई अगाडि बढाउन आवश्यक रहेको बताए ।

उनले राष्ट्रियताको सवाल धेरै पेचिलो भएको भएको उल्लेख गर्दै सबै एकतावद्ध अघि बढ्न आवश्यक रहेको बताए । उनले नेपाल नेपालीहरुको भएकाले नेपालीहरुले नै चलाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077