Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

स्वास्थ्य बीमा व्यवस्थित गर्न मन्त्री पौडेललाई संसदीय समितिको निर्देशन

स्वास्थ्य बीमा व्यवस्थित गर्न मन्त्री पौडेललाई संसदीय समितिको निर्देशन

बिहिवार , भाद्र २०, २०८१

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले स्वास्थ्य बीमा व्यवस्थित गराउन स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई निर्देशन दिएको छ।

सिंहदरबारमा बसेको समितिको बैठकमा स्वास्थ्यमन्त्री पौडेललाई स्वास्थ्य र जनसंख्या व्यवस्थापनसम्बन्धी निर्देशन दिइएको हो ।

समितिले स्वास्थ्यमन्त्री पौडेललाई औषधिको गुणस्तर सुनिश्चितताका लागि उत्पादन, बिक्री–वितरण लगायतका कार्यलाई नियमन गर्न निर्देशन दिएको छ ।

साथै दर्ता नभएका पोषण परिपुरकहरूको जथाभावी बिक्री–वितरण भइरहेको गुनासो आएकोले प्रभावकारी अनुगमन गरी नियमन गर्न पनि समितिको निर्देशन छ ।

यस्तै स्वास्थ्य बीमा योजनालाई व्यवस्थित गर्न र यसअन्तर्गत समावेश गरिएका तथा बिरामीका लागि आवश्यक पर्ने सबै प्रकारका औषधि अस्पतालका फार्मेसीबाटै सहजै प्राप्तिको सुनिश्चित गर्न पनि समितिले मन्त्रीलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077